टीकापुरको एउटै वडालाई ४ भागमा विभाजन गरियो

धनगढी – कैलालीको टीकापुर नगरपालिकाको एउटा वडालाई ४ भागमा विभाजन गरिएको छ । नगरको आधा जनसंख्या भएको वडा नम्बर १ लाई चार भागमा विभिजन गरिएको हो ।

maya metro hospital

नगरपालिकाको नगरसभाले वडा नं. १ लाई ४ भागमा विभाजन गर्ने निर्णय गरेको नगर प्रमुख रामलाल डगौरा थारुले बताएका कछन ।

जनसङ्ख्याको हिसाबले सबैभन्दा ठुलो वडा भएको र जहाँ सेवा प्रवाहमा समस्या हुने भएको हुँदा सो निर्णय गरिएको नगरप्रमुख डगौराको भनाइ छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसङ्ख्या रहेको टीकापुर नगरपालिकाको १ नं. वडामा मात्रै ४६ हजार जनसङ्ख्या रहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.