
काठमाडौँ- रसुवामा भूकम्प गएको छ । आइतबार बिहान जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

केन्द्रका अनुसार बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि फागुन २८ गते बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
