अत्तरिया- कैलालीमा अवैध सालको काठ बरामद गरिएको छ । प्रदेश प्रहरीका अनुसार गौरीगंगा नगरपालिका-९ रजियामा जमिनभित्र लुकाई छिपाई राखिएको २५.५८ क्युफिट अवैध सालको काठ बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको टोलीले सो अवैध काठ फेला पारी सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको प्रदेश प्रहरी कार्यालय कार्यालय धनगढीले जनाएको छ ।
