बैतडी- बैतडीमा प्रहरीले भन्सार छलीका सामान फेला पारेको छ । जिल्लाको दशरथचन्द नगरपालिका-५ धारीगाडमा भन्सार छलीका सामान फेला पारेको हो ।


खाने तेल, जीरा, मिठाई, लुगा धुने सोडा, कपी, डट्पेन, चप्पल लगायतका २२ हजार ४ सय ९५ मूल्य बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

शनिवार साँझ बरामद गरिएका उक्त सामान आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको प्रहरीले जनाएको छ ।
