सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम सभापतिमा लामिछाने निर्वाचित

अत्तरिया – नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सभापतिमा सन्तोष लामिछाने निर्वाचित भएका छन् । कैलालीको गोदावरीमा शनिबार सम्पन्न महासंघ प्रदेशको चौथो प्रदेश सभा र दोस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

maya metro hospital

निर्वाचन अधिकृत अधिवक्ता वीरबहादुर जेठाराका अनुसार महासंघको प्रदेश उपसभापतिमा अर्जुन सुनार गहतराज र दिवशजंग स्नेही निर्वाचित भएका छन् । त्यस्तै सचिवमा शकुन्तला सोप, सहसचिवमा दिनेश सोप, कोषाध्यक्षमा र सहकोषाध्यक्षमा दिप पौडेल तथा सदस्यहरुमा टीकाराम विश्वकर्मा, सुरेश सुनार, पदम दयाल र चाँदनी कुमारी ठाकुर निर्वाचित भएका छन् ।

प्रदेश अधिवेशनको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.