
बैतडी – बैतडीमा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । सिगास गाउँपालिका –७ कुलाखोलाका अन्दाजी ३६ वर्षिय युवक हरिभान ऐेरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।

शनिवार बिहान ६ बजे तिरको समयमा आफ्नै घर नजिकैको खरबारीमा वस्तुभावका लागि स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय पारिवारिक स्रोतले जनाएको छ ।
