मोहन्यालमा जन्म दर्ता सम्बन्धी अभिमुखीकरण

अत्तरिया – कैलालीको मोहन्याल गाउँपालिकामा जन्म दर्ता सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा अभियान सञ्चालन गरिएको छ । निड्सको ‘सुदूरपश्चिम बालविवाह निवारण’ परियोजना अन्तरगत शनिबार पालिकाका उपाध्यक्ष कमल बहादुर साउँदको अध्यक्षतामा जन्म दर्ता अभियान कार्यक्रम सञ्चालन गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

कार्यक्रममा सहभागीलाई जन्म दर्ताको महत्वका बारेमा अभिमुखीकरण गरिएको थियो ।

citizen security services

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवक, कार्यपालिका सदस्य, पालिकाका बिभिन्न शाखाका कर्मचारी गरी २६ जनाको सहभागिता रहेको परियोजनाकी सामाजिक परिचालक लक्ष्मी कुमारी लुहारले बताइन् ।

attariya hospital

निड्सको बालविवाह निवारण परियोजना सुदूरपश्चिमका १० पालिकामा सञ्चालनमा रहेको छ । कैलालीमा यो कार्यक्रम मोहन्यास सँगै चुरे गाउँपालिका र गोदावरी नगरपालिकामा सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.