धनगढी– लागूऔषधसहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट ७१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित धनगढी उपमहानगरपालिका – ५ का २७ वर्षीय करन ऐर पक्राउ परेका हुन ।

उनलाई शुक्रवार दिउँसो प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
