जय नेपाल कपको विजेता अत्तरियाको दुर्गालक्ष्मी क्याम्पस, ३ लाख हात पार्‍यो

अत्तरिया – कैलालीको धनगढीमा सम्पन्न जय नेपाल कप २०८० को क्याम्पस स्तरीय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाले जितेको छ । शुक्रबार सम्पन्न फाइनमा ऐश्वर्य बहुमुखी क्याम्पसलाई ५ विकेटले पराजित गर्दै दुर्गालक्ष्मीले उपधी जितेको हो ।

maya metro hospital

विजयी दुर्गालक्ष्मीले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेतामा चित्त बुझाएको ऐश्वर्यले १ लाख रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा स्नातक र स्नातकोत्तर तहका सुदूरपश्चिमका ८ वटा क्याम्पसका टिमले भाग लिएका थिए ।

attariya hospital

धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रतियोगिताको नेपाल विद्यार्थी सङ्घ कैलालीले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.