सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलमा 

काठमाडौँ-  विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

Karma Consultancy

१६४ रनको लक्ष्य आर्मीले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेटायो । आर्मीका लागि बसिर अहमदले २८ बलमा ५ चौका र २ छक्कासहित नटआउट ५० रन बनाए । त्यस्तै सन्तोष कार्कीले ३१, तृतराज दासले ३८ र सन्दीप रजालीले १७ रन बनाए । सुदूरपश्चिमका दीपक बोहराले दुई, हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए ।

citizen security services

बैजनाथपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

attariya hospital

किरण ठगुन्नाले ३२ बलमा ३ चौका र ३ छक्कासहित ४३, नरेन भट्टले १५, खडक बोहराले ११ र दीपक बोहराले १४ रन जोडे । स्पिनर बसिर अहमदले ४ ओभर बलिङ गर्दा २३ रन खर्चेर ४ विकेट लिए । नितेश पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सुमित श्रेष्ठको नाममा एक विकेट रह्यो । शुक्रबार नै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.