कृष्णपुरमा ४५ किलोमिटर सडक पानीपिच गरिदै

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक पानीपिच गरिदैं छ । नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानीपिच गर्न लागेको हो । नगरपालिकाका ९ वटै वडामा ४५ किलोमिटर सडक पानीपिच गर्नका लागि डेढ करोड बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

maya metro hospital

नगरप्रमुख हेमराज ओझाले ठेक्का या उपभोक्ता समिति मार्फत काम गर्दा बजेटको दुरुपयोग हुन थालेपछि नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानीपिच गर्न थालेको बताए ।

lotus school

उनले ठूलो भूगोल भएको कृष्णपुरमा नगरको बजेटले सडक कालोपत्रे मात्रै गर्दा वर्षौ सम्म पनि पिच नहुने देखिएकाले जनतालाई सहजताहोस भनेर सबैठाउँमा एकै पटक सडक पानी पिच गर्न लागिएको बताए । नगरपालिकाले आफैले सडक पानीपिच गर्दा थोरै बजेटमा पनि धेरै काम भएको उनको भनाइ छ ।

attariya hospital

नगरप्रमुख ओझाले आफ्नो कार्यकालमा सबै वडाका सडक स्तरोन्नती गर्ने उद्देश्यका साथ काम अगाडि बढाइरहेको बताए । नगरपालिकाले सडक कालोपत्रे गर्नको लागि पनि चालु आर्थिक वर्षमा प्रत्येक वडामा ४०÷४० लाखका दरले बजेट विनियोजन गरेको जनाएको छ ।

सार्वजनि सेवा तथा क्षमता विकास समितिका संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष कैलाश बहादुर बलायरले काम अनुगमन रेखदेख गर्नको लागि प्राविधिक र जनप्रतिनिधि खटाइएको बताए । उनले सडक पानीपिच अभियान अन्तरगत बाटोको चौडाई पनि विस्तार गरिरहेको बताए ।

नगरपालिकाले हाल सडक पानी पिच तथा मर्मत गर्नको लागि ग्रेडर, लोडर, २ वटा जेसीवी, २ वटा टिप्पर र २ वटा ट्याक्टर खरिद गरेको जनाएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.