बैतडीमा रुखबाट खसेर एक महिलाको मृत्यु

बैतडी- बैतडीमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका-४ गढतोला सैनीकी ४६ वर्षीया हरुलीदेवी बोहराको स्याउला काट्दै गर्दा रुखबाट खसेर मृत्यु भएको हो ।

maya metro hospital

बिहीवार घर नजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्दै गर्दा रुखबाट खसेर गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सो वडाका अध्यक्ष हरिसिंह बोहराले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.