जिप दुर्घटना हुँँदा ६ जनाको मृत्यु

विराटनगर- उदयपुरको बेलका-७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार धरानबाट भोजपुरका लागि छुटेको को १ ज २५९३ नम्बरको जिप दुर्घटना भएको हो ।

maya metro hospital

अहिलेसम्म ६ जनाको मृत्यु भएको र घाइते ७ जनाको उद्धार भएको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले बताए । घाइतेहरुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

lotus school

मृतकहरुको सनाखत भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.