११ वर्षीया बालिका करणी अभियोगमा कैलालीबाट युवक पक्राउ

बर्दिया- कैलालीबाट ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारू बुधबार साँझ पक्राउ परेका हुन् ।

maya metro hospital

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा उनलाई कैलालीबाट पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

 

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.