कैलालीमा खैरो हिरोइनसहित दुई युवक पक्राउ

कैलाली- कैलालीमा खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका-७ बस्ने २६ वर्षीय राजकुमार चौधरी र अछामको साँफेबगर नगरपालिका-४ बस्ने ३० वर्षीय सन्तोष सुनार रहेका छन् ।

maya metro hospital

चौधरीलाई टीकापुर नगरपालिका-३ रामपुरबाट इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले १०० मिलिग्राम लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको बताएको छ ।

यस्तै, सुनारलाई धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट प्रहरी चौकी त्रिनगरको टोलीले भारतबाट नेपालतर्फ आरहेको अवस्थामा ९५० मिलिग्राम खैरो हिरोइनसहित बुधवार साँझ पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.