अछामका एक युवकसहित ३ नेपालीको कुवेतमा मृत्यु

काठमाडौँ- कुवेतमा तीन जना नेपालीको मृत्यु भएको छ । अछामको पञ्चदेवलका सुरतबहादुर कडायत, काठमाडौँको सानो भर्‍याङका सुजन कार्की र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।

Karma Consultancy
belauri nagarpalika

उनीहरु तीनै जनाको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले बताए । गाडी चालकलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

citizen security services

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले मृतकका परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र आवश्यक प्रकृया पूरा गरेर शवहरु नेपाल पठाउने तथा बीमाको लागि पहल गर्ने बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.