बैतडीमा अवैध काठ बोकेको ट्रकसहित चालक पक्राउ

belauri nagarpalika

बैतडी- बैतडीमा अवैध काठ बोकेको ट्रकसहित चालक पक्राउ परेका छन् । प्रहरीका अनुसार अवैध काठको गोलिया बोकेको सुपप्र ०२ ००१ ख १२१८ नम्बरको मिनी ट्रक र चालक पञ्चेश्वर गाउँपालिका-२ का लक्ष्मण चन्द प्रकाउ परेका हुन् ।

Karma Consultancy

उनलाई बुधवार मेलौली नगरपालिका-७ हरिपुर बजारबाट सल्लाको जस्तो देखिने ५ थान गोलियासहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । उनलाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय कुलाउ बुझाइएको उनले बताए ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.