धनगढीमा सजाय नभोगी फरार रहेका सुनार पक्राउ

धनगढी- धनगढीमा सजाय नभोगी फरार रहेका चोरी मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१२ बस्ने २० वर्षीय भरत सुनार बुधवार पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय सुनाएको थियो । सुनारलाई घरबाटै पक्राउ गरी अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.