बैतडीमा फरार रहेका ३ अभियुक्त पक्राउ

बैतडी- बैतडीमा फरार रहेका ३ जना अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार दशरथचन्द नगरपालिका-६ का ४४ वर्षीय नारायणसिंह ऐरी, ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षीय भीमसिंह ठगुन्ना पक्राउ परेका हुन् ।

maya metro hospital

विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा जनही १ महिना १९ दिन कैद सजाय भई फरार रहेका उनीहरुलाई बुधवार गढी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए ।

lotus school

उनले पक्राउ परेका तीनै जनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको बताए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.