चुनावी प्रयोजनका लागि मात्रै व्यावसायिक फर्म दर्ता गरेको खुलासा

अत्तरिया– सोमवार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक भयो । सार्वजनिक भिडिओमा कैलालीको अत्तरिया उद्योग वाणिज्य संघकी सदस्य यशोदा भट्ट चोखाल र अध्यक्ष बोहराबिच विवाद भइरहेको छ ।

Karma Consultancy

भिडिओमा उनीहरुले आर्थिक लेनदेनको कुरा गरिरहेका छन् । जसबाट अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा चुनावी प्रयोजनका लागि मात्रै व्यावसायिक फर्म दर्ता गरिएको खुलेको छ । अध्यक्ष कल्याणसिंह बोहरा प्यानलले चुनावका लागि फर्म दर्ता गर्न लगाई चुनाव जितिसकेपछि त्यसको खर्चबारे वास्ता नगरेको भन्दै चोखालले वडाबाट आफूलाई दिनकै फोन आइरहेको भिडिओमा भनेकी छिन् ।

citizen security services

फर्म दर्ता र बन्द गर्दाको खर्च आफैले व्यहोर्ने भनेर फर्म दर्ता गर्न लगाई अहिले आएर आफूलाई अफ्ठ्यारोमा पारेको उनले भिडिओमै भनेकी छिन् । चुनावमा बोहरा प्यानललाई समर्थन गरेकी चोखाललाई पछि कार्यसमिति सदस्यमा मनोनित गरिएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.