बैतडीमा सजाय नभोगी फरार रहेका राजेन्द्र पक्राउ

बैतडी- बैतडीमा सजाय नभोगेर फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-२ का ३८ वर्षीय राजेन्द्रसिंह धामी मंगलवार पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय सुनाएको थियो । धामीलाई गाँजरी बजारमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.