त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल पिएनजीसँग भिड्दै

काठमाडौं – नेपालले आज हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ। मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो।

maya metro hospital

मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो।

मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

attariya hospital

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.