अत्तरिया – कैलालीको गोदावरी नगरपालिमा दलित महिला सशक्तीकरण तालिम सम्पन्न भएको छ । शनिबार देखि वडा नम्बर २ को सहयोग र दीपज्याती दलित महिला समूह, चेतनशील दलित महिला बाख्रा पालन समूह र झरना दलित महिला समूहको आयोजनामा सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष महराले दलित महिलामाथि अझै थिचोमिचो रहेकाले यसबाट महिला बाहिर निस्किन सशक्तिकरणका कार्यक्रम आवश्यक रहेको बताए । उनले तालिमममा सिकेका कुरा अरु महिलाहरुलाई पनि सिकाउन आग्रह गरे ।
तालिममा वडा नम्बर २ का ४० महिला सहभागि रहेका थिए । तालिममा अधिवक्ता गणेश कडायतले प्रशिक्षण दिएका थिए । तालिमकी संयोजक सुमित्रा शोपले वडा भित्र रहेका महिलाको सशक्तीकरण गरी सीप सँग जोड्नको लागि तालिम आयोजना गरिएको बताइन् ।
तालिममा सहभागि कल्पना विकले महिला हिंसा भएमा न्यायका लागि कहाँ जाने, महिला कसरी आफ्नो नेतृत्व विकास गर्ने लगायतका कुरा सिकेको बताइन ।