श्रीपुर खानेपानीको साधारण सभा तथा निर्वाचन खर्च झण्डै साढे ३ लाख
भत्तामा १ लाख ४४ हजार २०० रुपैयाँ खर्च
अत्तरिया- श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले साधारण सभा तथा निर्वाचनमा झण्डै साढे ३ लाख खर्च गरेको छ । कैलालीको गोदावरी नगरपालिका-७ लालपुरमा रहेको सो संस्थाले ३ लाख २१ हजार १८२ रुपैयाँ खर्च गरेको हो ।


संस्थाकी प्रमुख पार्वती कुमारी जोशीले साधारण सभा र निर्वाचनमा ३ लाख २१ हजार १८२ रुपैयाँ खर्च हुनआएको बताएकी हुन् । उनका अनुसार भत्तामा १ लाख ४४ हजार २०० रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी मसलन्द तथा छपाइ (प्रमाणपत्र, मायाको चिनो, गम्छा, र मतपत्र आदि)मा ८५ हजार ४१९ रुपैयाँ, खाना तथा नास्ता खर्च ५३ हजार ५२०, यातायात तथा पेट्रोल खर्च १९ हजार ९४०, कार्यालय खर्च १४ हजार १०३ र टेन्ट खर्च १२ हजार भएको छ ।
