खाेज्नुहाेस

फरार भनिएका अध्यक्षद्धय फेसबुकमा सक्रिय, प्रहरी माथि प्रश्न चिन्ह

Image

अत्तरिया – नक्कली टिकट ठेली प्रकरणमा फरार रहेकालाई पक्राउ गर्न माग गरिएको छ । नक्कली टिकट प्रकरण सत्य तथ्य छानबिन दबाब संघर्ष समिति फरार रहेका अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निवर्तमान अध्यक्ष अशोक राज देवकोटालाई छिटो पक्राउ गर्न माग गरेको हो ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितिले प्रहरी प्रशासनले प्रभावकारी रूपमा अनुसन्धान अगाडि बढाउन ढिलाइ गरेको अनुभूति भएको जनाउँदै प्रहरी, प्रशासन प्रति पनि प्रश्न चिन्ह खडा भएको जनाएको छ ।
संघर्ष समितिका प्रवक्ता पुष्प राज सुबेदीद्वारा जारी विज्ञप्तिमा फरार भएका व्यक्ति सामाजिक सञ्जालमा सक्रिय हुँदा पनि प्रहरीले पक्राउ नगरेको उल्लेख छ ।

attariya hospital

‘अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमा निर्बाध रूपमा गतिविधि बढाउँदै लैजानु, पक्राउ पुर्जी जारी भएको लामो समयसम्म आफै जाहेरी दिने व्यक्ति नै फरार रहेको विषयले आम व्यापारी वर्ग आश्चर्यमा छन्’ विज्ञप्तिमा भनिएको छ ‘हामी दुवै अध्यक्षलाई नैतिकताका आधारमा प्रहरी समक्ष तत्काल उपस्थित हुन र अनुसन्धान प्रक्रियालाई सहयोग गर्न अपिल समेत गर्दछौँ ।’

navjiwan hospital

विज्ञप्तिमा पछिल्लो समय अनुसन्धान प्रक्रियामा ढिलाइ भएको, ल्याब टेस्ट रिपोर्टमा ढिलाइ भएको, समितिका अध्यक्ष र केही जिम्मेवार व्यक्ति, जनप्रतिनिधि र अग्रज नेता नै दोषीलाई उन्मुक्तिका लागि गरिरहेका दौडधुपले कतै सेफ लेण्डिङ त हुने होइन भन्ने आशङ्का बढ्दै गएको आम उद्योगी व्यापारीको गुनासोलाई समितिले स्वाभाविक रूपमा लिएको उल्लेख छ ।

संघर्ष समितिको जन्म नक्कली टिकट प्रकरणमा जोडिएका दोषीलाई कारबाही गर्नु, संस्थामा हुने गरेका यस्ता किसिमका अराजक, भ्रष्ट गतिविधिको भण्डाफोर गर्नु र संघका विगतका गतिविधि समेत सतहमा ल्याउनु रहेको विज्ञप्तिमा उल्लेख छ ।

maya metro hospital

विज्ञप्तिमा नक्कली टिकट ठेली प्रकरणमा अस्वाभाविक घटनाक्रम अगाडि बढे, घटनाको अनुसन्धान लम्ब्याउने र प्रभावकारी रूपमा अगाडि बढाउन आनाकानी गरे, संघर्ष समितिले आफूलाई थप सशक्त रूपमा प्रस्तुत गर्ने उल्लेख छ ।

Karma Consultancy