काठमाडौँ- इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम समुदयका मानिसहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।


निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ। उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो । रमजानमै मुस्लिमको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ ।

यही महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ । रमजान व्रत बस्नु अघि हिजो साँझ मुस्लिमहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।
