कैलालीमा खैरो हिरोइनसहित एक युवक पक्राउ

कैलाली- कैलालीमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका-९ खक्रौलास्थित नेपाल भारतको सिमाना नजिकबाट सोही ठाउँ बस्ने २३ वर्षीय रोशन साउँद पक्राउ परेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

उनलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म खक्रौलाबाट खटिएको टोलीले १ ग्राम २३० मिलिग्राम लागुऔषध (खैरो हिरोइन)सहित सोमवार साँझ पक्राउ गरेको जनाएको छ ।

citizen security services

सशस्त्र प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको जनाएको छ । टीकापुर प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.