कर्णाली पुलमा ट्रकमा लागेको आगो नियन्त्रणमा

धनगढी – कर्णाली नदीमा बनेको पुलमा एक्कासी ट्रकमा लागेको आगो नियन्त्रणमा आएको छ । दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको हो ।

maya metro hospital

आगो नियन्त्रणमा लिन कैलालीको लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाको मधुवन नगरपालिकाको दमकल ल्याइएको थियो ।

lotus school

विरगञ्जबाट लाइटर बोकेर आएको ना ५ ख ५२९७ नम्बरको ट्रकमा अपरान्ह ५ बजे एक्कासी आगलागी भएको थियो । ट्रकमा रहेको लाइटर एक आपसमा ठोक्किएर पड्किएपछि ट्रकमा आगो लागेको हुन सक्ने अनुमान प्रहरीको छ ।

attariya hospital

ट्रकमा लागेको आगो दन्किएपछि चिसापानी पुलको तारसहित अन्य भागमा पनि लागेको थियो । आगलागीबाट पुलको तार र भुइँ भागमा क्षति भएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरका लागि हिडेको ट्रकमा एक करोड १० लाख रुपियाँ बराबरको लाइटर रहेको बताइएको छ । आगलागीबाट ट्रक सहित लाइटर जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.