धनगढीमा भेट्रान कप क्रिकेट हुने

कैलालीकाे धनगढीमा अनुपमा कर्पाेरेट  भेट्रान कप क्रिकेट हुने भएकाे छ । अनुपमा केक एण्ड बेकरीकाे आयाेजनामा चैत ३ गतेदेखि कप हुने साेमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएकाे हाे । वेकरीका सञ्चालक दिनेश पन्तले प्रस्तावित बसपार्क प्राङ्गणमा प्रतियाेगिता गरिने जानकारी दिए ।

maya metro hospital

साे कप चैत ११ गते सम्म सञ्चालन हुने उनकाे भनाइ छ । साेमबारनै प्रतियाेगिताकाे टाइसिट पनि सार्वजनिक गरिएकाे छ । प्रतियाेगितामा ८ टिमकाे सहभागिता रहने उनले बताए ।

प्रतियाेगितामा प्रथम ५० हजार र दाेस्राेलाइ २५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ भने उत्कृष्ट बलर, रनरअपलाइ १० हजार र म्यान अफ द म्याच पाँच हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.