मोहन्यालमा हिंसा प्रभावितको क्षेत्रमा काम गर्ने सेवा प्रदायकको नक्सांकन गर्न छलफल

अत्तरिया – कैलालीको मोहन्याल गाउँपालिकामा हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेवा दिने सेवाप्रदायकको सेवा नक्सांकन तथा एकीकृत सेवा सूची बनाउन छलफल गरिएको छ । सोमबार सेवा नक्सांकन तथा एकीकृत सेवा सूची बनाउन सेवा प्रदायकहरु सँग दोस्रो  चरणको छलफल गरिएको हो ।

maya metro hospital

पालिकाका प्रवक्ता प्रविण घर्तिमगरको अध्यक्षतामा भएको छलफलमा पालिमामा हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने प्रतिनिधिको सहभागिता रहेको थियो ।

निड्स नेपालको सुदूरपश्चिम बालविवाह निवारण परियोजना अन्तरगत गाउँपालिकामा सेवा प्रदायकको सेवा नक्सांकन तथा एकीकृत सेवा सूची बनाउन लागिएको परियोजनाकी सामाजिक परिचालक लक्ष्मी कुमारी लुहारले बताइन् ।
यसरी तयार पारिएको नक्सा ठाउँठाउँमा होर्डिङ बोर्ड बनाएर टासिने जनाइएको छ ।

attariya hospital

निड्सको बालविवाह निवारण परियोजना सुदूरपश्चिमका १० पालिकामा सञ्चालनमा रहेको छ । १० वटै पालिकामा सेवा नक्सांकन तथा एकीकृत सेवा तयार गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.