कृष्णपुरमा रहेको कृष्ण प्रणामी सेवा धाममा आयोजित महायज्ञ सम्पन्न

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मा रहेको कृष्ण प्रणामी सेवा धाममा आयोजित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सम्पन्न भएको छ । फागुन २२ गते देखि सञ्चालित महायज्ञ सोमबार नगरप्रमुख हेम राज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Karma Consultancy

कृष्ण प्रणामी सेवा धामको संरक्षण र प्रचारप्रसार गर्न महायज्ञ आयोजना गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले कृष्ण प्रणामी सेवा धाममा हरेक वर्ष महायज्ञ आयोजना गरिने गरिएको बताए । उनले धार्मीक गतिविधि बढाउन यस्ता महायज्ञले सहयोग पुग्ने बताए । ‘यो ठाउँलाई राम्रो धार्मीक पर्यटकिय क्षेत्र बनाउनका लागि के गर्ने सकिन्छ भनेर नगरपालिकाले सोचिरहेको छ’ उनले भने ‘हामीले यो महायज्ञलाई पनि सहयोग गर्छौ ।’

citizen security services
belauri nagarpalika

धाममा मूर्ति स्थापना, धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचार पसार गर्न आयोजित महायज्ञमा मुख्य कथा वाचक साध्वी भागवताचार्य विदुषी मिरामाताजी रहेकी थिइन् । महायज्ञको प्रदेश प्रमुख देव राज जोशीले समुद्घाटन गरेका थिए ।
कैलाली र कञ्चनपुरको सीमा क्षेत्र छुट्याउने मोहना नदी किनारमा रहेको धाम २०६६ सालमा स्थापना गरिएको थियो ।

attariya hospital

करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको धामको गुरुयोजना बनाएर काम अघि बढिरहेको बजेट अभावका कारण काम भने हुन सकेको छैन । धाममा नेपालकै अग्लो ५४ फिट अग्लो राधाकृष्ण मुर्ती स्थापना गर्ने गरी योजना अगाडि सारिएको भएपनि उक्त काम भने हाल बजेट अभावकै कारण रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.