जनकल्याण स्कुलले मनायो रजत जयन्ती

अत्तरिया – कैलालीको अत्तरियामा रहेको जनकल्याण अंग्रेजी माध्यमिक विद्यालयले रजत जयन्ती मनाएको छ । सोमबार एक औपचारीक कार्यक्रमका बिच विद्यालयको रजत जयन्ती मनाईएको हो ।

maya metro hospital

विद्यालयका संस्थापक यज्ञराज हमाल (योगेन्द्र) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

citizen security services

रजत जयन्तीको अवसरमा विद्यालयका हालसम्मका गतिविधिहरु समावेश गरिएको जनकल्याण म्यागजिन (स्मारिका) विमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरु लाई पुरस्कृत गरिएको थियो भने नर्सरीमा भर्ना गरेर सोही विद्यालयबाट एसएलसी÷एसईई दिएका विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मानित गरिएको थियो ।

attariya hospital

२०५४ सालमा स्थापना भएको विद्यालयमा हाल करिब ५ सयको हाराहारीमा विद्यार्थीहरु रहेका छन । विद्यालयमा २४ जना शिक्षक शिक्षिकाहरु रहेका छन । तत्कालिन समयमा ३२ जना विद्यार्थीहरुबाट स्थापना गरिएको विद्यालयले हाल गोदावरी नगरपालिका – ४ बास्कोटामा समेत न्यू जनकल्याण एकेडेमी नामक विद्यालय सञ्चालनमा ल्याएको छ ।

त्यहाँका ८ जना विद्यार्थीहरुलाई समेटेर सोही क्षेत्रमा विद्यालयको शाखा स्थापना गरिएकोमा हाल उक्त शाखामा २५० जना विद्यार्थीहरु अध्ययनरत रहनुका साथै १४ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराईरहेका छन । कार्यक्रममा समाजमा विभिन्न विद्यामा काम गर्ने व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको थियो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.