जनकपुरधाम- सर्लाहीमा साइकल यात्रीलाई बसले ठक्कर दिएपछि स्थानीयले बस नै जलाइदिएका छन् । ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका-१० सलेमपुरमा स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।
मलंगवातर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट महतो गम्भीर घाइते भएका छन् । आक्रोशित स्थानीयले आगजनी गर्दा बसमा पूर्णरुपले क्षति पुगेको छ ।
महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दहालले बताए ।