बसको ठक्करबाट ट्राफिक प्रहरीका सईको मृत्यु

काठमाडौँ- कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको मृत्यु भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारका क्रममा मृत्यु भएको हो ।

maya metro hospital

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सई खत्री फागुन २० गते प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आइतवार मृत्यु भएको हो ।

ठक्कर दिने बस चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.