धनगढी- धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका ३५ वर्षीय महेश रानाको मृत्यु भएको छ । रानाको आज विहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको हो ।

गएराति रानामाथि कुटपिट भएको र बिहान उनी अचेत अवस्थामा पाइएपछि अस्पताल पुर्याइएको उनको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार मृतक रानाको परिवारले उनको कुटपिटबाट ज्यान गएको दाबी गरेको छ ।

प्रवक्ता चन्दले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए । मृतक रानाको मृत्यु के-कसरी भएको हो भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने र बाँकी कुरा अनुसनधानबाट खुल्ने उनले बताए ।
