विराटनगर- झापाको एक प्लाइउड उद्योगमा आगलागी भएको छ । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रालिमा आगलागी भएको हो ।

आगलागीको कारण खुलेको छैन भने बिहानदेखि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।
