अत्तरिया – कञ्चनपुरबाट प्रहरीले ३ लाख ७९ हजार बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट भन्सार छलि ल्याएको ३ लाख ७९ हजार ६सय मुल्य बराबरको अवैध सामान बरामद गरेको हो । भिमदत्त नगरपालिका – ६ सुकासालबाट १ लाख २६ हजार ६ सय बराबरको चिनी, मिठाई, खानेतेल, दाल, सुर्ती, पेय पदार्थ, प्लाष्टिक, कम्प्युटर पेपर लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै पुनर्वास नगरपालिका – ६ र ११ मनकामना टोल र ईटा भट्टा नजिकबाट १ लाख ६२ हजार ८ सय बराबरको प्याज,आलु, बिडी, सुर्ती, पेय पदार्थ, जेन्स दाउरा सुरुवाल लेडिज कुर्ता सुरुवाल, बच्चाको फराक लगायतका सामानहरु बरामद गरिएको छ ।

जिल्लाको बेलौरी नगरपालिका – ६ भुराकोटबाट ९० हजार २ सय बराबरको चिप्स, गावा जुस, जुस, चक्लेट, गुडपट्टि, मल–खाद, खाने तेल, बिस्कुट, बुमबुम, डिउ,साईकल लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
