लागूऔषध सहित एकैदिन गोदावरीका ५ जना पक्राउ

अत्तरिया – लागूऔषध सहित कैलालीको गोदावरीका ५ जना पक्राउ परेका छन । आइतबार धनगढीबाट लागूऔषध सहित ५ जना पक्राउ परेका हुन ।

maya metro hospital

धनगढी उपमहानगरपालिका – २ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम ३२० मिलिग्राम लागू औषध खैरो हेरोईन सहित गोदावरी – २ का १७ वर्षिय किशोर सहित ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।
यस्तै आइतबार नै त्रिनगर ब्यारेलबाट ४० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित गोदावरी नगरपालिका – १ का २७ वर्षिय उमेश भट्ट र २९ वर्षिय गंगाराम खत्री पक्राउ परेका छन ।

citizen security services

ईलाका प्रहरी कार्यालय त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स्कुटी पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.