कैलाली कञ्चनपुरबाट ७ फरार प्रतिवादी पक्राउ

अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले बिभिन्न अदातलबाट सजाय पाएका ७ फरार प्रतिवादी पक्राउ गरेको छ । आइतबार प्रहरीले कैद सजाय तथा जरिवाना ठहर भएर फरार रहेका कैलालीका ६ जना र कञ्चनपुरका एक जनालाई पक्राउ गरेको हो ।

maya metro hospital

पक्राउ पर्नेमा चोरि मुद्दामा १० दिन कैद सजाय र १ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका – ११ का डम्बर राना, चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका टिकापुर नगरपालिका – ९ का किरन चौधरी, लागु औषध मुद्दामा २ हजार जरिवाना ठहर भएका टिकापुर नगरपालिका – ६ का बिजय शाही, वन मुद्दामा ८१ हजार १०१ जरिवाना ठहर भएका टिकापुर – ३ का दिल बहादुर भुल, बाल यौन दुर्व्यवहार मुद्दामा २ महिना ८ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका धनगढी – ४ का जगत कुँवर र चोरी मुद्दामा २२ दिन कैद सजाय र ११ हजार ३९० जरिवाना ठहर भएका धनगढी – ८ बस्ने कमल पाण्डे रहेका छन ।

citizen security services

यस्तै २ महिना १५ दिन कैद सजाय र २ हजार जरीवाना ठहर भई फरार रहेका कञ्चनपुर भिमदत्त नगरपालिका – १८ का २८ वर्षिय प्रकाश नाथलाई पनि पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.