धनगढीमा बदेल र चित्तलको मासु बेवारिसे अवस्थामा फेला

धनगढी- धनगढीमा प्रहरीले जंगली बदेल र चित्तलको जस्तो देखिने मासु बेवारिसे अवस्थामा फेला पारेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१३ मा ६१ किलो मासु से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा फेला परेको हो ।

maya metro hospital

जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ५४  किलो मासु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

बरामद मोटरसाइकल र मासु लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.