धनगढी- धनगढीबाट ब्याङ्लोर गएका ७२ जना यात्रु बाटोमै अलपत्र परेका छन् । बिहीवार धनगढीबाट भारतको ब्याङ्लोरका लागि गएका उनीहरू बाटोमा बस बिग्रिएपछि अलपत्र परेका हुन् ।


यात्रुहरुले धनगढीको जयराम होटेलबाट रणाशैनी टुर्स एण्ड ट्राभलको टिकट खरिद गरेका थिए । उक्त ट्राभल कम्पनीका प्रतिनिधिले भने श्री केदार मार्फत यात्रुहरूलाई भारत पठाएको बताएका छन् ।

केए ५१ ए ७५७६ नम्बरको जयलक्ष्मीको बसमा प्राविधिक समस्या आएको र बस मर्मतको काम भइरहेको ट्राभल्स कम्पनीका प्रतिनिधिले बताएका छन् ।
