करण केसीले लिए पहिलो बलमै हङकङको विकेट By अत्तरिया अनलाइन On फाल्गुन २७, २०८० काठमाडौँ- हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको घरेलु टोलीविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ । हङकङको पहिलो विकेट करण केसीले लिएका हुन् । करणले हङकङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए ।