अत्तरिया- कञ्चनपुरमा प्रहरीले एक लाख बढीको अवैध सामान फेला पारेको छ । भीमदत्त नगरपालिका-११ चौकीसत्ताबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १३ हजार ४०० मूल्यका सामान शनिवार बेवारिसे अवस्थामा फेला पारेको हो ।

सुट, कोटको कपडा, चिनी, मिश्री, मटर, दाल, सलाई, तेल, बच्चाका खेलौना, किरानाका सामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । बरामद सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।
