सुदूरपश्चिमका डीआईजीले गठन गरे प्रदेश इन्टेलिजेन्स टोली

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले प्रदेश इन्टेलिजेन्स टोली गठन गरेका छन् । उनले अपराध अनुसन्धानका लागि ‘प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी)नाम दिएर छुट्टै टोली गठन गरेका हुन् ।

maya metro hospital

उनका अनुसार प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा पीआईटी गठन गरिएको छ । विगतमा प्रदेश प्रहरी कार्यालयले प्रदेश अनुसन्धान समूह (आरआईटी) गठन गरेको थियो । तर केसीभन्दा अघि प्रदेश प्रहरीको नेतृत्व गरेका डीआईजी बोहराले आरआईटी खारेज गरेका थिए । लगत्तै पुर्नगठन गरेपछि आफू अनुकुलका प्रहरी राखेको आरोप लागेको थियो ।

lotus school

केसी प्रदेश प्रहरी प्रमुख भएर आएपछि आरआईटीमा कार्यरत कर्मचारीको काम सन्तोषजनक नदेखिएको भन्दै जिम्मेवारी हेरफेर गरेका थिए । तर पनि परिणाम नदेखिएपछि खारेज गर्दै पीटीआई गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.