जिप दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौँ- सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

Karma Consultancy
belauri nagarpalika

घाइतेहरुको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

citizen security services

जिप आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । चालक ४२ वर्षीय विनोदकुमाार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.