धनगढीका २७ महिला सम्मानित

धनगढी- धनगढी उपमहानगरपालिकाका २७ जना महिला सम्मानित भएका छन् । फरक–फरक व्यवसायमा संलग्न महिलाहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको उपमहानगरले जनाएको छ । उनीहरुलाई नारी दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

सम्मानित हुनेमा पोते बनाउने काम गर्दै आएका धनगढी–१ की नाजिया बानु, एकल महिला धनगढी–२ की अमनिकुमारी अवस्थी ओझा, फूलखेती तथा तरकारी खेती गर्दै आएकी धनगढी–३ की मीरा नेपाली रहेका छन् । त्यसैगरी सिलाइकटाई गर्ने ४ जना, होटेल तथा नास्ता पसल सञ्चालन गर्दै आएका ४ जना, बंगुरपालन गर्दै आएका २ जना, अटोरिक्सा चलाउँदै आएका २ जना र डेरी सञ्चालन गर्दै आएका १ जना सम्मानित भएका छन् ।

citizen security services

दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका ३ जना, उद्योग सञ्चालन गर्दै आएका ३ जना र सामुदायिक विद्यालयबाट १२ कक्षामा उतीर्ण भएकामध्ये बासुदेव माध्यमिक विद्यालयका उत्कृष्ट छात्रा हीराकुमारी बिनाडी सम्मानित भएका हुन् । त्यस्तै एकल तथा अन्य तीन जना सम्मानित भएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.