बैतडी- बैतडीमा चितुवा मृत फेला परेको छ । जिल्लाको मेलौली नगरपालिका–८, सुर्नया नदीको किनारमा बिहीवार चितुवा मृत अवस्थामा फेला परेको हो ।

सो चितुवालाई आज डिभिजिन वन कार्यालयको परिसरमा गाडिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए । चितुवाहरुबिच लडाँइ हुँदा भिरबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

करिब अढाई वर्षको उक्त पोथि चितुवाको पोष्टमार्टम गर्दा मुटु फुटेको पाइएको डिभिजिन वन कार्यालय बैतडीले जनाएको छ ।
