बेहडाबाबा आज हेलिकप्टरद्वारा पुष्प वर्षा गरिने

धनगढी – धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ ।

Karma Consultancy

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिको अवसरमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिन लागेको हो । महाशिवरात्रि तथा सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमको तयारी पूरा भएको आयोजक बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले बताए ।

citizen security services
belauri nagarpalika

‘हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको छ । यो वर्ष सवा दुई करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि राखिएको छ । शिवरात्रि आयोजनाको सम्पूर्ण तयारी पूरा भएको छ’ जोशीले भने ।

attariya hospital

अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको बताएका छन् ।

शुक्रवार महाशिवरात्रिको दिन बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दुई करोड दीप प्रज्वलन गरिने जोशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.