वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

maya metro hospital

बाराको पचरौता नगरपालिका-४ का वडाध्यक्ष कन्हैयालाल यादवले साविक बेलदारी गाविस-४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको आरोप छ ।

वडाध्यक्षको सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर वापत राज्यकोषमा ८ लाख ११ हजार ९५१ रुपैयाँ घाटा भएको अख्तियारले जनाएको छ ।

attariya hospital

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष यादव, जग्गा बिक्रीकर्ता विद्या यादव र खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवध किशोर यादविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.