धनगढीमा ३ दिन सेना दिवस मनाइने

धनगढी- नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरीले धनगढी रङ्गशालामा महाशिवरात्री तथा नेपाली सेना दिवस मनाउने भएको छ । नेपाली सेनाले आफ्नो पेशागत क्षमता अभिवृद्धिका साथै सैनिक नागरिक सम्बन्ध सुमधुर राख्न २६१औँ स्थापना दिवस मनाउन लागेको सुदूरपश्चिम पृतनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

maya metro hospital

धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६, २७ र २८ गते ‘विविध सैनिक प्रदर्शनी ‘युनीटी रन-२०८०’ समेत हुने जनाइएको छ । २८ गते बिहान ७ बजे ‘युनिटी रन-२०८०’ का विभिन्न विधाहरुमा उमेर समूह अनुसार ५ किलोमिटर दौड प्रतियोगिता हुनेछ । दौडमा भाग लिने कक्षा १० सम्म र ११ तथा १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार दिइने नेपाली सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ।

citizen security services

महिला र पुरुषको १० किलोमिटर खुल्ला दौड प्रतियोगिता पनि हुने भएको छ । दौडमा प्रथम स्थान हासिल गर्ने महिला र पुरुषलाई माउन्टेन बाइकसहित नगद १५ हजार पुरस्कार दिइने भएको छ । द्वितीय हुनेलाई नगद १० हजार तथा तृतीयलाई नगद ७ हजार पुरस्कार दिइने बताइएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.